Wednesday, November 18, 2015

चीनसँग तेल सम्झौता गर्न नेपाली टोली भोलि बेइजिङ जाने

Advertisement
===ADS===
काठमाडौं । चिनिया तेल कम्पनी पेट्रो चाइनाले तेलको ब्यापारिक सम्झौताको लागि नेपाल आयल निगमललाई बोलाएपछि नेपाली टोली शुक्रबार चीनको बेइजिङ जाने भएको छ । चीनबाट तेल आयात गर्ने यसअघि नै सहमति भइसकेकाले सम्झौतालाई मुर्तरुप दिन नेपाली टोली शुक्रबार बेइजिङ जाने भएको हो ।


आपूर्तिमन्त्री गणेशमान पुनले तेल आपूर्तिको ब्यापारिक सम्झौता गर्न नेपाली टोली विहीबार चीन जाने बताएका थिए । तर टिकट नमिलेका कारण नेपाली प्रतिनिधिमण्डल शुक्रबार मात्रै बेइजिङ जाने भएको विभागका अधिकारीहरुले जानकारी दिए । तेलको ब्यापारिक सम्झौता गर्न नेपाल आयल निमग र वाणिज्य विभागका अधिकारीहरु चीन जाने भएका छन् ।

चीनको तीन दिने अनौपचारिक भ्रमणबाट फर्किएपछि मन्त्री पुनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीन, बङ्गलादेशलगायतका मित्रराष्ट्रसँग इन्धन आपूर्तिका लागि पहल भइरहेको बताएका थिए । मन्त्री पुनले इन्धनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको उल्लेख गरे ।

चीन भ्रमणमा आफूले त्यहाँका उच्च अधिकारीसँग अनौपचारिक छलफल गरेको र त्यसले सकारात्मक वातावरण तयार गरेको मन्त्रीको दाबी छ । आवश्यकताअनुसार सुलभ मूल्यमा इन्धन उपलब्ध गराउन चीन तयार रहेको मन्त्री पुनले दाबी गरे । पेट्रोलियम पदार्थका अतिरिक्त विकल्पका रुपमा उच्च गुणस्तरको खाना पकाउने ग्यास पनि आयात गर्न सकिने भएकाले त्यससम्बन्धमा अध्ययन भइरहेको पनि उनले बताए ।

बङ्गलादेशबाट इन्धन आयात गर्दा भारतको अवरोध भएमा हवाई मार्ग पनि प्रयोग गर्न सकिने विकल्प रहेको बताउँदै उनले भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहनको अधिकार प्रयोग गरेर भए पनि आयात गरिने दाबी गरे ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More